धरान: कोरोना संक्रमित धरान ११ का एक वृद्धको पनि मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा ६३ बर्षीय वृद्धको मृत्यु भएको हो । उनको आज बिहान ९ बजेर ५५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकले कोभिडविरुद्धको खोप लगाएका थिएनन् । 

प्रतिष्ठानका अनुसार मृतक मधुमेहका दीर्घ रोगी थिए । उनलाई माघ १२ गते संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियमअनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ । यसअघि आज नै बिहान ७ बजे धरान १० का ५८ बर्षीय संक्रमितको पनि उपचारको क्रममा प्रतिष्ठानमा मृत्यु भएको थियो ।