विराटनगर: प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । 

थपिएकामध्ये सबैभन्दा बढी मोरङमा ८० जना छन् । यस्तै, सुनसरीमा ६० जना, भोजपुरमा ५ जना, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला र ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा १३ महिला र ९ पुरुष, इटहरीमा ९ पुरुष र १३ महिला, इनरुवामा ४ महिला र १२ पुरुष छन् भने भोजपुरको षडानन्दमा १ महिला र ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला र २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष रहेका छन् । झापाको कमलगाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४१२ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनकपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट ५ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ३७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।