धरान: “सेवा नै हाम्रो प्रमुख उद्देश्य हो” भन्ने मुल नारा रहेको रोटरी क्लब मध्ये रोटरी क्लब अफ धरान घोपाको ४२ औं पदास्थापना कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष अलन्कार पलिखेलाई पद तथा गोपनियताको सपथ प्रमुख अतिथि गिरीले गराएका थिए भने नयाँ ३ जना सदस्यहरुलाई एजी रबिन श्रेष्ठले सपथ गराएका थिए । अध्यक्ष पलिखेले संचालक समितिका सदस्यहरुको परिचय गराउनुका साथै बर्ष सफल पार्न विभिन्न कार्यक्रमहरु गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । सोही कार्यक्रममा क्लबको तर्फबाट सर्भिस एवार्ड धरान १३ स्थित सत्य साई स्कुलका प्रिन्सिपल मार्फत स्कुललाई प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

नयाँ सदस्यहरुको परिचय मेम्बरसीप चेयर सुनिता रिजालले गरेकी थिइन् भने सर्भिस चेयर पुर्व अध्यक्ष मुकुल कायस्थले सर्भिस एवार्ड घोषणा गरेका थिए । प्राबिधिक सहयोगमा क्लबका सहसचिव आशिषराज यादव रहेका थिए । सो कार्यक्रममा विभिन्न सहरका रोटरी क्लब एव्ं संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्लबका सस्थापक अध्यक्ष चन्द्र शेखर अग्रवालले देश तथा देशवासीहरुको स्वास्थ्य लाभको कामना गरेका थिए ।
क्लबका अध्यक्ष रोटरिएन अलन्कार पलिखेको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटेरियन अमित गिरी, विशिष्ट अतिथिहरु प्रदेशसभा सदस्य यशोदा कायस्थ, असिस्टेन्ट गभर्नर रोटेरियन रोबिन श्रेष्ठ रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य निवर्तमान अध्यक्ष रोटेरियन ईश्वर ताम्राकारले गरेका थिए भने धन्यवाद मन्तव्य प्रेसिडेन्ट इलेक्ट रोटेरियन रोहन हाडाले गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रतिक श्रेष्ठले गरेका थिए ।








