धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना कर्मचारी, चिकित्सक तथा विद्यार्थीहरुलाई अत्यावश्यक सेवाबाहेक कुनै पनि प्रकारको सामुहिक बैठक, तालिम एवं भेटघाटहरु नगर्न निर्देशन दिएको छ । 

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुनेक्रम बढेपछि यस्तो निर्देशन दिइएको हो । सभा, सम्मेलन, गोष्ठी, बैठक, तालिम, सेमिनार, समिक्षा बैठकलगायत क्रियाकलापहरु भर्चुअल माध्यमबाट मात्र गराउन पनि प्रतिष्ठानले निर्देशन दिएको छ । यस्तै, पदाधिकारीहरुसँग र अन्यसँग पनि सामुहिक बैठक, भेटघाट कार्यक्रमहरु नगर्न पनि निर्देशन दिइएको छ । 

bp-notice