धरान: धरानमा भेरो सेल खोपको दोस्रो मात्रा लगाउने खोप कार्यक्रम अन्तर्गत २ दिनमा २०७७ जनाले लगाएका छन् । 

धरानका तीन खोप केन्द्रमा मंगलबार र बुधबार गरि २०७७ जनाले लगाएका हुन् । पहिलो दिन १५१५ जनाले दोस्रो मात्रा लगाएका थिए । दोस्रो दिन बुधबार ५६२ जनाले लगाएको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । 

उनका अनुसार भेरो सेलको पहिलो मात्रा लगाएकाहरु मध्ये ६७ जना विविध कारणले खोप लगाउन छुटेका छन् । उनीहरुलाई पनि चाडै खोप लगाउने व्यवस्था गरिने मेहताले जानकारी दिए । धरानमा गत जेठ अन्तिम साता चाइनिज खोप भेरो सेलको पहिलो खोप लगाउनेको कुल संख्या २१४४ थियो । धरानमा छातचोकस्थित स्वास्थ्य केन्द्र, धरान १५ स्थित श्याम चोक सेवा समाज र धरान १८ स्थित कार्मेल स्कुलमा खोप केन्द्र तोकेर दोस्रो मात्रा लगाइएको थियो ।