धरान: धरान सोमबार(भोली) मा ५५ बर्ष र सो भन्दा माथिका नागरिकहरुलाई कोरोना विरुद्ध भेरो सेल खोप लगाईने भएको छ । 

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै धरानको २ स्थानमा खोप केन्द्र राखेर खोप दिइने जानकारी दिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार भोली (सोमबार) धरान वडा नं ८ स्थित सभागृह र वडा नं. १ छाताचौकस्थित पुरानो अस्पतालमा खोप केन्द्र रहनेछ । यसअघि साउन ११, १२ र १३ गते सञ्चालन भएको खोप अभियानमा छुटेका ५५ वर्ष र सो भन्दा माथिका नागरिकहरुको लागि पुनः खोप लगाउने व्यवस्था गरिएको उपमहानगरले जनाएको छ ।

सोमबार दुई वटा खोप केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाईने व्यवस्था गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । यसैगरि, गतबर्ष फागुन ४ गतेदेखि चैत्र ४ गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकाको लागि पनि दोस्रो मात्रा चार्ड आउन लागेको स्वास्थ्य महाशाखाले जनाएको छ । कोभिसिल्डको दोस्रो मात्रा पनि केही दिनभित्रै नै सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ । 

vero-cell