विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ७, कानेपोखरी र रंगेलीमा १–१, झापाको विर्तामोड र बाहृदशीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश १ मा थप ६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।