इटहरी: इटहरीमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ ।
इटहरी उपमहानगरले संचालन गर्न लागेको आइसोलेसन अवको तीन दिन भित्रमा तयार भइसक्ने गरि तयारी तिव्र पारिएको हो । इटहरी ९ रंगशालामा गत बर्ष संचालित आइसोलेसनमा आवश्यक तयारी गरिएको हो । आइसोलेसनमा यस बर्ष पनि महिला र पुरुष संक्रमितका लागि अलग अलग स्थानको ब्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।
आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा हुने छ । खानपानको ब्यवस्थाका लागि प्रक्रिया पूरा गरेर आइसोलेसन संचालनमा ल्याइने उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताए । आइसोलेसनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको टोली परिचालन गरिने छ ।







