धरान: गएको शुक्रबार बैठकको क्रममा कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघासँग भएको विवाद र अश्लिल गालीगलौज आरोपको घटनामा वडाअध्यक्षद्धयले कमजोरी भएको स्वीकार गरेका छन् । 

बुधबार कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि वडा नं १८ र १५ का अध्यक्षद्धयले आफुहरुबाट कमजोरी भएको स्वीकार गरेका थिए । बैठकमा शुरुमा वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले सहमति जुटाउन बसेको छलफलमा आफुबाट भएको केही कमजोरी स्वीकार गर्ने बताएका थिए । 

साथै उनले उक्त विवाद समाधान गर्न सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, पुर्वअध्यक्ष सरोज श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, विभिन्न राजनीतिक दलका नेतृत्वहरुको भुमिका रहेको भन्दै आभार पनि व्यक्त गरेका थिए । 

karyapalika meeting1 copy

यस्तै, वडा नं १५ का अध्यक्ष नरेश इवारमले पनि आर्थिक विकास समितिमा सहमति नजुटेपछि आफुहरुले मिलाउने प्रयास गर्दा आफुहरुकै कमीकमजोरीबाट समस्या भएको बताए । उनले पनि विवादको क्रममा आफुबाट भएको व्यवहारप्रति यसअघि नै सरी भनिसकेको बताएका थिए । साथै विगतलाई बिर्सेर अब नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताए । 

सोही घटनाबारे कार्यवाहक मेयर बेघाले बजेट निर्माण प्रक्रियामा व्यापक छलफल भएको खुलाउदै निष्कर्ष निकाल्ने बेलामा समस्या भएको बताए । धरान र धराने जनताप्रति जिम्मेवार रहदै आफुहरुको कमीकमजोरी र गल्तीहरु सच्याएर अघि बढ्ने प्रण गरेर सहमति गरी कार्यपालिका बैठकमा आएको पनि कार्यवाहक बेघाले बताएका थिए । 

karyapalika meeting copy

कार्यवाहक मेयर र वडा १५, १८ का अध्यक्षबीच भनाभन, गालीगलौजको घटनापछि टुटेको संवादलाई जोड्न सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपा श्रेष्ठ, पुर्वअध्यक्ष सरोज श्रेष्ठलगायतले भुमिका खेलेका थिए । तिनै जनालाई भेटेर उनीहरुले संवादमा बस्ने वातावरण बनाएका थिए । सोमबार धरान १५ स्थित एक होटलमा बसेर शुक्रबारको घटनाको समिक्षा र आत्मालोचना गरेपछि मंगलबार मेयरको कार्यकक्षमा छलफल गरेर बजेटमा सहमति गरेका थिए । 

नीति तथा कार्यक्रम, आर्थिक र विनियोजन विधेयक पारित

बुधबार बसेको कार्यपालिका बैठकले नगरसभामा पेश गर्नको लागि आर्थिक बर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । यस्तै, आर्थिक विधेयक र विनियोजन विधेयकलाई पनि बैठकले अनुमोदन गरेको छ । 

बैठकले धरान ८ स्थित नयाँ बसपार्क व्यवस्थापन तथा सरसफाई शुल्क सम्बन्धमा पनि सवारी साधानको प्रकार अनुसार पटके र दैनिक एकमुष्ठ दर निर्धारण गर्ने निर्णय गरेको छ । धरानको नगरसभा बिहिबार बिहान ११ बजे उपमहानगरपालिकाको नयाँ भवनमा हुनेछ । 

भिडियो :


भिडियो :